नेभिगेशन
सबै कुरा

कृषि मन्त्रीसँग सुर्ति किसानले भने ‘स्वाथ्यमन्त्रीको नीतिले १० हजार किसानलाई असर गर्छ’

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सुर्ती उद्योग मास्न लागेको भन्दै तराईका सुर्ति कृषकले कृषि मन्त्रीको ध्यानाकर्षण गराएका छन् । स्वास्थ्य मन्त्रालयले स्वदेशी सुर्ती उत्पादक किसानलाई विकल्प नै नदिई उत्पादक र खपत गर्ने उद्योग मास्ने उद्देश्यमा लागेको भन्दै कृषि मन्त्री रामनाथ अधिकारीलाई आइतबार ज्ञापन पत्र बुझाएका हुन् । 

बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र नवलपरासीका ८ हजार किसानले हस्ताक्षर गरेको  ज्ञापनपत्र मन्त्री अधिकारीलाई बुझाएको हो । हालै स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य वस्तुमा नयाँ नियम सहित निर्देशिका जारी गरेको थियो । 

उक्त निर्देशिकाले स्वदेशमा उत्पादित सुर्ती खपत गर्ने स्वदेशी उद्योगहरूलाई मास्ने र विदेशबाट आयातित वस्तुको प्रबर्द्धन गर्न लागेको किसानहरूको गुनासो रहेको छ । 

दसकौँ देखि सुर्ती खेती गर्दै आएका किसानको जिविकोपार्जन नै खोस्ने नियतले स्वास्थ्य मन्त्रालयले निर्देशिका बनाएको उनीहरु भनाई छ । विश्व स्वास्थ्य सङ्गठनको एफसिटिसि सन्धि अनुसार किसानको वैकल्पिक आयको व्यवस्था नगरी उद्योगमा असर पर्ने काम गर्न नहुने प्रावधान विपरित निर्देशिका आएकाले सरकारले सच्याउन आग्रह गरेका थिए । निर्देशिकाले १० हजार किसान प्रत्यक्ष प्रभावित भएको उनीहरूको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation