नेभिगेशन
सबै कुरा

केबलकारको विरोधमा उत्रिएकाहरुलाई वार्तामा आउन गृहमन्त्रीको आह्वान

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरमा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । 

आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नो केवलकार समूहले उठाएका विषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गरेका हुन् । उनले केवलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको जानकारी दिए । गृहमन्त्री लेखकले जनतालाई अनुभूत हुने गरि देशमा शान्ति सुव्यवस्था कायम गर्न गम्भीर रहेको उल्लेख गरे ।

Dish Home
Global Ime Bank

त्यस्तै गृहमन्त्री लेखकले सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको र दोषीलाई कारवाही गर्ने बताए । गृहमन्त्री लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे । भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको उनको भनाई छ । 

गृहमन्त्री लेखकले बिभिन्न विधेयकहरु सदनमा पुगेको भन्दै अन्य नीतिगत र कानुनी सुधार गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । भूकम्पपछिको पुनस्र्थापना र पुननिर्माणको कामले लय समातेको उनको भनाइ छ । उनले सिमित स्रोत र साधनकाबीच अपेक्षित रुपमा काम हुन नसकेपनि सवैको साथ र सहयोगबाट उपलव्ध स्रोत र साधनको परिचालन गर्दै संवेदनशील ढंगले काम गरिरहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation