नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको शैक्षिक मेला (तस्विरहरु)


काठमाडौँ । विद्यालय शिक्षाको गुणस्तर सुधार्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि शैक्षिक मेला आयोजना गरेको छ । राष्ट्रिय सभा गृहमा शुक्रबारदेखि मेला सुरु भएको हो । मेलामा विद्यार्थीका सीप र सिर्जनात्मक क्षमताको प्रदर्शन शिक्षण नवप्रवर्तन तथा विद्यालय पूर्वाधार र शिक्षक विकासका कार्यक्रम प्रस्तुत गरिएको छ।

नेपाल भाषाको सिकाई प्रविधि मौलिक संस्कृति भेषभुषा झल्काउने प्रदर्शनी मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिएको छ । विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरूबाट विद्यार्थीमा परेको प्रभाव यसबाट उनीहरुले सिकेका ज्ञान र शिपहरुको प्रस्तुति तथा प्रदर्शनका लागि मेला आयोजना गरिएको हो। 

महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२९ जना विद्यार्थी र ५२४ वटा संस्थागत विद्यालयमा २ लाख १०,९३४ जना गरी दुई लाख ७२,२६३ जना विद्यार्थी अध्ययनरत छन् ।









प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation