नेभिगेशन
सबै कुरा

रास्वपाका ४१ वडाका २९५ पदाधिकारी तथा सदस्यले दिए सपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँका २९५ पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन् । शुक्रबार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा जिल्लाका ४१ वडामा अधिवेशनबाट निर्वाचित २९५ पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका हुन् । 

वडा अधिवेशनको निर्वाचन आयुक्तको हैसियतले जिल्ला सभापति प्रदीप बिष्टले निर्वाचित सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् । 

Dish Home
Global Ime Bank

काठमाडौँ जिल्लाको कुल १३८ वडाहरूमध्ये ८१ वटा वडामा वडा अधिवेशन सम्पन्न भइसकेको रास्वपाले जनाएको छ । 

शपथ ग्रहण कार्यक्रममा कार्यवाहक सभापति डोलप्रसाद अर्याल, कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी, संददीय दलका उपनेता विराजभक्त श्रेष्ठसहित केन्द्रीय सदस्य र सांसदहरू उपस्थित थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation