नेभिगेशन
सबै कुरा

रिंकु प्रकरणः पञ्चायत बस्ने थप तीन जना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायत बस्ने तीनजना पक्राउ परेका छन् ।

पञ्चायत बस्ने मध्ये नवराजपुर गाउँपालिका–१ भगवतीपुर गाउँका करिब ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र ४५ कमलेशकुमार दास अहिले पक्राउ परेका छन् । प्रहरीले उनीहरुविरुद्ध पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र गर्न गराउन संलग्न रहेको कसुरमा मुद्दा दर्ता गरि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको जनाएको छ । 

रिंकुको परिवारले गत फागुन ८ गते कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा ८ जनाविरुद्ध इलाका प्रहरी कार्यालय, लहानमा जाहेरी दिएका थिए । 

उनीहरुले माघ २७ गते राति रिंकुमाथि भएको सामूहिक बलात्कारको घटना गाउँमै मिलापत्र गरे मिलाउन पञ्चायत बसाएका थिए ।

त्यसपछि गत माघ ३० गते रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसअघि २ दिनसम्म पञ्चायती बसी पीडकलाई १ लाख ४० हजार जरिवाना भराउन लगाउने र प्रहरीमा जाहेरी नदिने निर्णय गराएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation