नेभिगेशन
सबै कुरा

अन्तराष्ट्रिय महिला फुटबल : म्यानमार फाइनलमा प्रवेश


काठमाडौँ । काठमाडौँमा जारी अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमार फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा किर्गिस्तानलाई ५–० गोल अन्तरले पराजित गर्दै म्यानमार एक खेल अगावै प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । म्यानमारलाई जित दिलाउन योन वादी र मे हिइत लुले दुई–दुई गोल गरिन् भने सानदार लिनले एक गोल गरिन् । योनले दोस्रो मिनेटमै म्यानमारलाई आग्रता दिलाएकी थिइन् ।

सानदार लिनले खेलको ३०औं मिनेटमा गोल गरिन् । त्यस्तै खेलको ३६ औ मिनेटमा मे हिइत लुले गोल गरिन् भने । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा योनले व्यक्तिगत दोस्रो गरिन् । त्यस्तै दोश्रो हाफको ४९ औं मिनेटमा मे हिइत लुले अर्को गोल गरेकी थिइन् ।

यसअघि पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । पराजित किर्गिस्तान उपाधि होडबाट बाहिरिएको छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्