नेभिगेशन
सबै कुरा

सांसद चन्द्र भण्डारीको सरकारलाई प्रश्नः ट्रम्पले ठगी भनेको 'नेपाल सहयोग' के हो ? के हुँदैछ ?

काठमाडौँ । अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे दिएका अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले नेपाल सरकारलाई प्रश्न गरेका छन् । 

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा देशभन्दा ठुलो कोही नहुने र हुन पनि नसक्ने लेख्दै सांसद भण्डारीले के भएको थियो? के हुँदैछ? भनेर सरकारले छानबिन गर्नुपर्ने बताएका हुन् । 

Dish Home
Global Ime Bank

उनले लेखेका छन्,'अमेरीकाका राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले धेरै प्रश्न उठेका छन्  देश, समाज र संस्कृतिलाई कमजोर बनाउन लाग्ने राष्ट्रिय ठगहरूलाई छुट दिनु हुँदैन, के हुँदैछ? सरकारले छानबिन गर्नु पर्दछ ! देशभन्दा ठुलो कोही होइन र हुन पनि सक्दैन' ।


अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाललाई दिएको सहयोगलाई ‘ठगी’ को संज्ञा दिदै सहयोग रद्द गर्ने निर्णय गरेका थिए। हालैको एक भाषणमा ट्रम्पले नेपालको संघीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर रोकिएको जानकारी गराएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation