नेभिगेशन
सबै कुरा
इजरायल प्यालेस्टाइन द्वन्द्व :

गाजामा अस्पताल केन्द्रित आक्रमण, ५०० प्यालेस्टाइनीको मृत्यु

काठमाडाैँ : गाजा शहरको स्थानीय अस्पताल अल अहली अरब अस्पताललाई लक्षित गरी गरिएको  हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ । 

मङ्गलबार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन् । 

Dish Home
Global Ime Bank

संयुक्त राष्ट्रसंघका अनुसार उक्त आक्रमणमा कम्तीमा ५०० प्यालेस्टाइनी मारिएका छन् । अहिले त्यहाँको अवस्था दर्दनाक रहेको र मानवीय सहायतको पर्खाइमा रहेको बताइएको छ ।

घटनाको जिम्मा कसैले लिएको छैन यद्यपि इजरायली पक्षबाट हवाइ आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा जनाएका छन् । तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने गाजामा भएको आक्रमण आफूहरुले नभई हमासले नै गरेको बताएका छन् । 

गाजा शहरको अल अहली अरब अस्पतालमा भएको हमलाको संयुक्त राष्ट्रसंघ, मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार राति विज्ञप्ति जारी गर्दै  निन्दा गरेका छन् । आक्रमणमा परी सयौँ मानिसको ज्यान जाने घटना पूर्ण रूपमा अस्वीकार्य भएको उनले बताएका छन् ।

त्यस्तै उनले हिंसा र हत्या पूर्णरूपमा रोक्न सबै राष्ट्र एकजुट हुनुपर्नेमा जोड दिएका छन् । 


तस्विर : रेउटर्स

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation