नेभिगेशन
सबै कुरा
नेपालीकाे उद्धार :

इजरायलबाट १८ नेपाली भारत आइपुगे, घरसम्म पुर्याउन यातायातको व्यवस्था (तस्बिर)

काठमाडाैँ : युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको भारत हुँदै उद्धार गरिएकाे छ ।

नेपाल सरकारले दोस्रो चरणमा उद्धार गरेका उनीहरु बुधबार बिहान भारत आइपुगेका छन्। भारतमा उनीहरुलाई नेपाली राजदूत डा. शंकर शर्माले नयाँदिल्लीमा स्वागत गरेका छन् । 

Dish Home
Global Ime Bank

उनीहरूलाई दिल्लीबाट घरसम्म जान सरकारले नै यातायातको व्यवस्था गरेको राजदूत शर्माले जानकारी दिएका छन् । 

भारत सरकारले  ‘अपरेसन विजय’ अन्तर्गत इजरायलमा रहेका आफ्ना नागरिकको उद्धार गरिरहेको छ । त्यसैका क्रममा नेपाल सरकारको अनुरोधमा १८ नेपालीको समेत सोही उद्धार उडानबाट उद्धार गरिएको हो । त्यसका लागि भारत सरकारलाई राजदूत शर्माले धन्यवाद ज्ञापन गरेका छन् ।

यसअघि नेपाल सरकारले काठमाडौँबाट नेपाल एयरलाइन्सको जहाज इजरायलको तेलअविव पठाएर २५४ नेपालीहरुको उद्धार गरेको थियो । उनीहरुलाई परराष्ट्रमन्त्रीसहितको टोलीले इजरायलमै पुगेर उद्धार गरेको थियो । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation