नेभिगेशन
सबै कुरा

होशियार ! पेट्रोल पम्पले कम तेल देलान्, भ्याली बाबा पेट्रोल पम्पको ठगि धन्दा बाहिरियो

काठमाडाैँ : काठमाडौँको गैरीगाउँस्थित भ्याली बाबा सप्लायर्स (पेट्रोल पम्प)ले मात्रा भन्दा कम पेट्रोल विक्री गर्ने गरेको पाइएको छ । पम्पले प्रतिलिटरकै हिसाबमा पैसा लिने भएपनि कम तेल दिने गरेको भेटिएको हो । 


प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गर्दा पम्पको ठगि बाहिर आएको हो । 

अनुगमनमा पुगेको टोलीले ३ पटकसम्म तेल भर्न लगाएको थियो तर दुई पटकसम्म लिटरभन्दा  कम तेल विक्री गरेको भेटिएको थियो ।

चेकजाँच गर्दा लिटरमा परिमाण कम गरेर ठगेको पाइएकाले सिल गरेको ती अधिकारीले बताए । काठमाडौंका अन्य पेट्रोल पम्पबाट पनि यस्तै गुनासो आएकाले अन्यत्र पनि अनुगमन भैरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

अहिले नेपाल आयल निगमले स्वचालित प्रणाली अनुसार मुल्य घटाउँदा पेट्रोल पम्पलाई  पुर्व जानकारी नदिएको भन्दै पेट्रोल पम्प बन्द  गरेर आन्दोलन गरेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation