नेभिगेशन
सबै कुरा

भोलिबाट सुरु हुने अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगितामा कस्तो छ नेपालको तयारी ?

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा फाल्गुन ५ गते सोमबारदेखि अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुँदैछ । 

काठमाडौँको दशरथ रंगशालामा हुने प्रतियोगीतामा नेपालका साथै किर्गिस्तान, म्यानमार र लेबननको सहभागीता रहेको छ । प्रतियोगीता खेल्नका लागि सहभागी देशका टोलीहरु नेपाल आएसकेका छन् भने उनीहरु आन्तरिक प्रशिक्षणमा व्यस्त रहेका छन् । 

प्रतियोगिताको उद्घाटन खेलमा सोमबार घरेलु टोली नेपालले किर्गिस्तानको सामना गर्नेछ । प्रतियोगीताका लागि तयारी राम्रो रहेको सवै टोलीका प्रशिक्षक र कप्तानहरुले जनाएका छन् । प्रतियोगीताअघि आइतबार दशरथ रंगशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपाली महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले खेल खेल्न सवै खेलाडी स्वदेश फर्किसकेको जानकारी दिए । नेपाली टोलीको प्रशिक्षण राम्रो रहेको र नजिता आफ्नो पक्षमा पार्ने विश्वास व्यक्त गरे । यस्ता खेलहरु हरेक बर्ष हुन सके महिला फुटबल राम्रो हुने उनको भनाइ छ ।

त्यस्तै नेपाली महिला टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बाले प्रतियोगीता नेपालका लागि ठूलो अवसर भएको बताइन् । खेलका लागि तयारी राम्रो रहेको र मनोवल उच्च रहेको भन्दै उहाले राम्रो खेल देखाउने बताइन् । 

नेपालमा पहिलो पटक चार राष्ट्र सम्मीलित अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको एन्फाले जनाएको छ । प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेलि शीर्ष दुई टोलीबचि फाइनल खेल हुने बताइएको छ । प्रतियोगीताको टिकट दर साधारणतर्फ रु ५ सय र भीआइपीतर्फ रु एक हजार तोकिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्