नेभिगेशन
सबै कुरा

इजरायलबाट थप १९ नेपालीको उद्धार

काठमाडाैँ : युद्धग्रस्त भूमि इजरायलबाट नेपाल सरकारले थप १९ जना नेपालीको उद्धार गरेको छ । 

प्यालेस्टाइनको आतंकवादी समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका थप  १९ जना नेपालीको सरकारले उद्धार गरेको हो । 

Dish Home
Global Ime Bank

उद्धार हुनेमा नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ,  समिता बस्नेत, अम्बिका सुवेदी, सरिता गुरुङ र उर्मिला श्रेष्ठ रहेका छन् । 

उनीहरुलाई भारतीय विमानमार्फत् उद्धार  गरिएका हो । उनीहरुलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने तयारी छ । 

यसअघि नेपाल सरकारले काठमाडौँबाट नेपाल एयरलाइन्सको जहाज पठाएर २५४ नेपाली विद्यार्थीलाई स्वदेश ल्याएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation