नेभिगेशन
पैसाका कुरा

भायानेटले बुझायो एकैपटक ५५ करोड बक्यौता

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई तिर्नबाँकी सबै बक्यौता तिरेको बताएको छ ।

भायानेटले २०८०/०८१ सम्मको रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष ९आरटीडीएफ० गरी कुल ५५ करोड रुपैयाँ बुझाएको बताएको छ ।

दूरसञ्चार ऐन, २०५३ अनुसार इन्टरनेट सेवा प्रदायकले आम्दानीको चार प्रतिशत रोयल्टी र दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) शुल्क तिर्नुपर्ने प्रावधान छ ।

यो शुल्क इन्टरनेट बिक्री मात्रमा लाग्ने कि मर्मत सम्भार खर्चमा पनि लाग्ने भन्ने विषयमा सरकार र आईएसपीहरूबीच विवाद रहँदै आएको थियो ।

आईएसपीहरूले मर्मत सम्भार खर्चमा शुल्क नलगाउनुपर्ने अडान लिएका थिए । तर, सर्वोच्च अदालतले मर्मत सम्भार खर्चमा समेत रोयल्टी र आरटीडीएफ लागु गर्न आदेश दिएपछि भायानेटले तुरुन्तै बक्यौता भुक्तानी अघि बढाएको हो ।

भायानेटले त्यससँगै पछिल्लो आर्थिक वर्षको रोयल्टी र आरटीडीएफ पनि बुझाएको जनाएको छ।

भायानेटका प्रमुख वित्तीय अधिकारी ९सीएफओ० रन्धीरकुमार शाहले भने अदालतको आदेशपछि भुक्तानीसम्बन्धी अन्योल अन्त्य भएको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सिफारिस
The Reporter
Current Affairs
Sidhakura Investigation
भर्खरै