नेभिगेशन
सबै कुरा

हेटौंडा उपमहानगर बालमैत्री पालिका घोषणा

मकवानपुर । आजबाट हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गरिएको छ । नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उपमहानगरलाई बालमैत्री शासनयुक्त पालिका घोषणा गरेका थिए । उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिएको हो । 

बालमैत्री घोषणा गर्न आवश्यक ५१ वटा सूचक पूरा भएसँगै उपमहानगरलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिएको हो । उपमहानगरका अनुसार ४३ वटा सूचकको लक्ष्य शत प्रतिशत, ४ सूचक ९९ प्रतिशत, ३ वटा सूचक, ९० प्रतिशत र १ सूचकमा ८८ प्रतिशत नतिजा हासिल गरेसँगै बालमैत्री पालिका घोषणा भएको मेयर मीनाकुमारी लामाले जानकारी दिएकी छिन् । 

CG

हेटौंडा उपमहानगरपालिकामा १८ वर्ष मुनिका २६ हजार १ सय ४५ बालक र २४ हजार ५० बालिका गरी ५० हजार एक सय ९५ बालबालिका रहेका छन् । उपमहानगरका सबै १९ वटै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा पछि समग्र उपमहानगरलाई बालमैत्री शासनयुक्त पालिका घोषणा गरिएको हो । 

मकवानपुरको १० पालिकामध्ये यसअघि मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भइसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छः केपी ओली

लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छः केपी ओली

“लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ । लोकतन्त्र र जनताको हितमा समर्पित एमाले जस्तो शक्तिलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ । सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्यतर्फ...
ड्रोनबाट हेर्दा यस्तो देखियो एमाले महाधिवेशन (तस्बिरहरु)

ड्रोनबाट हेर्दा यस्तो देखियो एमाले महाधिवेशन (तस्बिरहरु)

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीस्थीत तीनकुने चौरमा आयोजित उद्घाटन समारोहलाई रिमोटबाट पार्टीको झण्डा फहराएर उद्घाटन गरेसंगै एमालेको महाधिवेशन सुरु भएको हो । महाधिवेशनको उद्घाटन सत्रमा...
भिजिट भिसामा रमेश लेखकको कनेक्सन, तर उन्मुक्ति !

भिजिट भिसामा रमेश लेखकको कनेक्सन, तर उन्मुक्ति !

अख्तियारले अनुसन्धान गरेको भन्दै तत्कालीन सरकारले थामथुम पार्ने प्रयास गरेको थियो । तर  अख्तियारले ७ महिना अनुसन्धान गर्दा पनि उनीहरुमाथि अनुसन्धान नसकिएको दाबी गर्दै मुद्दा बुझाएको छ ।...
वनमन्त्री माधव चौलागाईंद्वारा पदबहाली, यस्ता छन् आगामी योजना

वनमन्त्री माधव चौलागाईंद्वारा पदबहाली, यस्ता छन् आगामी योजना

शुक्रबार पद तथा गोपनीयताको शपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै वर्तमान सरकारको म्याण्डेडलाई पुरा गर्न ध्यान केन्द्रीत गर्ने बताएका हुन् ।