नेभिगेशन
सबै कुरा

बर्खाको बाढीले क्षतिग्रस्त नख्खुडोल पुल अझै बनेन, जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् स्थानीय (तस्विरहरु)

काठमाडौँ । बाढीबाट क्षति पुगेको नख्खुडोल पुल मर्मत नहुँदा स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खु खोला पुल गत असोज ११ र १२ गते आएको बाढीले क्षतिग्रस्त बनेको थियो । 

बाढीले प्वाल पारेको पुल फलामको सहायताले दुई पाङ्ग्रे सवारी गुड्न सक्ने गरी अस्थायी रुपमा एकतर्फी सञ्चालनमा ल्याइएको छ । ललितपुर महानगरपालिका–२५ का स्थानीय मुकेश महर्जन नख्खुडोल पुल भत्केपछि करिब डेढ किलोमिटर पश्चिमतर्फको नख्खु पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यता थपिएको सुनाउँछन् । त्यस्तै सम्बन्धित निकायले समयमै नदी किनारको कटानमा पर्खाल लगाउने काम नगर्दा त्यस क्षेत्रमा रहेका घर पनि जोखिममा रहेको उनी बताउँछन् । 







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
भर्खरै