नेभिगेशन
सबै कुरा

प्रतिनिधिसभा बैठक बस्दै, विभिन्न विधेयकहरु पेश गर्ने कार्यसूची

काठमाडौँ । आइतबार प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने कार्यसूची रहेको बैठकमा विभिन्न विधेयकहरु पेश गर्ने कार्यसूची छ । 

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ भने अर्थमन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Dish Home
Global Ime Bank

त्यस्तै आजको बैठकमा गृहमन्त्री रमेश लेखकले पाँच फरकफकर विधेयक प्रस्तुत गर्नेछन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसुर तथा सजाय (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री पौडेलले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक,२०८१ पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसबाहेक अनय दुई विधेयकसमेत प्रस्तुत गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation