नेभिगेशन
सबै कुरा

यस्तो छ शैलुङको ‘मिनी ग्रेट वाल’ ! (तस्विरहरु)

दोलखा । दोलखाको शैलुङमा निर्माण गरिएको शैलुङ मिनी ग्रेटवाल पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको सो ग्रेटवाल घुम्न जानेको सङ्ख्याको वृद्धि हुँदै गएको छ । 

धार्मिक तथा पर्यटकीय स्थल शैलुङ जाँदा शैलुङ ग्रेटवालमा पनि पर्यटकहरू बाक्लिन थालेको हो । प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण सो ग्रेटवाल अहिले पर्यटकहरूका लागि आकर्षणको केन्द्र  बनेको छ । ग्रेटवाल हेर्न र शैलुङमा ध्यान, अध्ययन, अनुसन्धान तथा अवलोकन गर्न विदेशी पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ । 

पर्यटकीय क्षेत्र शैलुङ डाँडामा पर्यटन प्रवर्द्धन गर्नका लागी मिनी ग्रेटवाल निमार्णको काम सुरु गरिएको थियो । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शैलुङ गाउँपालिकाको संयुक्त लगानीमा शैलुङ ग्रेटवाल निर्माण गरिएको हो । शैलुङ गाउँपालिकाको कालापानीदेखि डाँफेढुङ्गा ९ सय ५० मिटरसम्म निर्माणको डिपिआर तयार गरिए तापनि अहिले ५ सय मिटर मात्र ग्रेटवाल निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । 

ग्रेटवाल निर्माणको लागि सङ्घीय सरकारको ७० प्रतिशत र शैलुङ गाउँपालिकाको ३० प्रतिशत बजेट रहेको छ । प्रारम्भिक चरणमा ५ सय मिटर ग्रेटवाल निर्माणका लागि ४ करोड ९४ लाख १५ हजार ४ सय १८ रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो । सरकारले नेपालका सय वटा पर्यटकीय स्थलमा पर्यटन पूर्वाधार निर्माण गर्ने अभियान अन्तर्गत शैलुङमा ग्रेटवाल निर्माणको लागि प्रस्ताव गरिएको थियो । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation