नेभिगेशन
सबै कुरा

श्रृंखला र सम्भव सिरोहियाबिच मंसिर २८ गते विवाह हुने

पूर्वमिस नेपाल श्रृंखला खतिवडा र कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाबिच आगामी मंसिर २८ गते विवाह हुने भएको छ । 

श्रृंखलाको पारिवारिक श्रोतका अनुसार उनीहरुबिच मंसिर २८ गते विवाह हुने भएको हो । 

त्यस्तै श्रृंखलाले सिरोहियासँगको प्रेम सम्बन्ध समेत सार्वजनिक गरेकी छन् ।आइतबार सामाजिक सञ्जाल इन्स्टाग्राम मा एउटा रिल सेयर गर्दै उनले उनीहरुबीचको सम्बन्धलाई सार्वजनिक गरेकी हुन् ।

उनले सम्भवसँगका विभिन्न फोटो भिडिओहरु शेयर गर्दै आफूले प्रेमको साँचो अर्थ थाहा पाएको उल्लेख गरेकी छन् । ‘म मेरो भर्चुअल परिवारसँग हाम्रो प्रेम साझा गर्न पाउँदा धेरै खुसी छु,’ उनले लेखेकी छन्, ‘ नमस्ते ! हामी सम्भव र श्रृङ्खला हौँ ।’

उनी थप लेख्छिन्,  ‘म मेरो जीवनभर एक आशाहीन रोमान्टिक (होपलेस–रोमान्टिक) रहेकी छु। मसँग मेरो व्यक्तिगत डायरीमा ‘प्रेम के हो’ भन्ने जवाफ दिन प्रयास गर्ने कम्तिमा २० फरक खाताहरू छन् : जबदेखि म ११ वर्षको उमेरमा थिएँ। तपाईंलाई नभेटेसम्म मैले यसको अर्थ फेला पारेको थिइनँ जस्तो लाग्छ।

उनीहरु पछिल्ला केही वर्षदेखि सम्बन्धमा रहेको हल्ला भएपनि दुवैले उनीहरुको सम्बन्धबारे केही खुलाएका थिएनन् । तर श्रृंखला सम्भवको पारिवारिक कार्यक्रममामा सहभागी हुने गरेकी थिइन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation