नेभिगेशन
सबै कुरा

महिला टी-२०आई शृंखलाः थाइल्यान्डसँग नेपालको नमिठो हार

काठमाडौं ।काठमाडौंमा सम्पन्न त्रिकोणात्मक महिला टी २० श्रृंखलामा नेपाल जितविहीन बनेको छ । आज भएको अन्तिम खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै थाइल्यान्डले उपाधि कब्जा हात पारेको छ । यस अघि ६ वटै म्याच हारेको नेपालले अंक जोड्न नसक्दा थाइल्यान्डले १० अंक पुर्याएको हो । 

नेपालको निकै कमजोर ब्याटिङका कारण आज खेल थाइल्यान्डका लागि एकतर्फी जस्तै बनेको थियो । आजको खेलमा नेपालका लागि  ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् भने  कप्तान इन्दु बर्माले १० र कविता जोशीले १ छक्कासहित १४ रन जोडे थिए । यस्तै आज मात्रै डेब्यू गरेकी राजमती ऐरी १४ बलमा ११ रन जोडेकी छिन् । 

यस्तै बलिङतर्फ नेपालकी कप्तान इन्दुले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् भने पूजा महतोले २ ओभरमा ११ रन खर्चेर १ विकेट हात पारेकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्