नेभिगेशन
सबै कुरा

सरकारले ल्याएको अध्यादेश सकारात्मक रहेको जसपा नेपालको निष्कर्ष

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यादेश अध्ययन गर्न गठित कार्यदलले सरकारले ल्याएको अध्यादेश सकारात्मक रहेको निष्कर्ष निकालेको छ । 

सिंहदरबारमा बुधबार बसेको कार्यदल बैठकले बिज्ञहरुसँग छलफल गर्दै सरकारले ल्याएको अध्यादेशको प्रक्रिया गलत भएपनि उदेश्य समग्रमा सहि नै भएको निष्कर्ष निकालेको हो ।

Dish Home
Global Ime Bank

बैठकपछि कार्यदल संयोजक राजकिशोर यादवले प्रक्रिया गलत भएपनि अध्यादेश सकारात्मक रहेको बताए । सरकारलाई एकपटक सचेत गराउदै भविष्यमा अध्यादेशबाट राज्य सञ्चालन गर्ने मनसाय नबनाउन सुझाव दिइने उनको भनाइ छ ।

उनले अध्यादेशको विषयगत सबै उल्लेख गरेर पार्टीलाई प्रतिवेदन हस्तान्तरण गर्ने उल्लेख गरे । प्रतिवेदनका आधारमा पार्टीको संसदीय दलको बैठकले अध्यादेशका बारेमा आवश्यक निर्णय गर्ने संयोजक यादवले बताए । 

उनले बिहीबार बस्ने संसद बैठक अघि समर्थन गर्ने कि नगर्ने भन्ने निर्णय लिइने बताए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation