नेभिगेशन
सबै कुरा

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु दुई हजार तीन सयले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला रु ३० बढेर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी रु एक हजार आठ सय ८५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation