नेभिगेशन
सबै कुरा

संसद्को हिउँदे अधिवेशन भाेलिबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबार अपराह्न १ बजेदेखि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्दैछ । यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ ।

सङ्घीय संसद् सचिवालयले दुबै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची छ ।

Dish Home
Global Ime Bank

यस्तै सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नेछन् । अधिवशेन सुरु भएको दिन यसअघि जस्तै दलीय आधारमा सदस्यले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूचि रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” पेश गर्नेछन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८१”, “निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१” र “आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” पेश गर्नेछन् । 

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले “सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” र “भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” पेश गर्नेछन् । बैठकमा सभामुखले विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचि रहेको छ ।

यसैगरी राष्ट्रियसभाको बैठकमा उल्लेखित कार्यसूचि बाहेक मिडिया काउन्सिल विधेयक, २०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूचि छ । दुबै सदनमा विभिन्न विधेयक विचाराधीन हुनुका साथै थप नयाँ विधेयकसमेत दर्ता गरिएका छन् । संसद्मा सङ्घीयता कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजनजस्ता महत्वपूर्ण विधेयक लामो समयदेखि विचाराधीन छन् । ती विधेयकमाथि सम्बन्धित संसदीय समितिहरूमा छलफल भइरहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछानेले हालेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा

रवि लामिछानेले हालेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा

लामिछानेले आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै आइतबार रिट दर्ता गराएका थिए । 
गैरकानुनी थुनामा राखिएको भन्दै रवि लामिछानेद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

गैरकानुनी थुनामा राखिएको भन्दै रवि लामिछानेद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन्। आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनले आइतबार रिट दर्ता गराएका हुन्। 
सिंहदरवारबाट पक्राउ परेका राप्रपा नेताहरुलाई भद्रकालीस्थित प्रहरी परिसरमा लगियो

सिंहदरवारबाट पक्राउ परेका राप्रपा नेताहरुलाई भद्रकालीस्थित प्रहरी परिसरमा लगियो

सिंहदरबार भित्रै प्रदर्शनको प्रयास गरेपछि उनीहरुलाई पक्राउ गरिएको थियो । उनीहरुसिंहदरवारस्थित संसदीय दलको कार्यालयबाट सिंहदरवारको दक्षिण गेटतर्फ अघी बढेका थिए । सो क्रममा उनीहरुले गोजीबाट पम्प्लेट निकालेर प्रदर्शन...
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग

पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग

दोषी उपर कारबाहीको लागि आवश्यक प्रक्रिया सुरूआत गर्न माग गर्दछौं। अन्यथा जनताको विश्वासीलो शक्तिको आधारमा सडक र सदनबाट यस विषयलाई कार्यान्वयनका लागि थप दबाबका कार्यक्रम गरिने जानकारी गराउँदछौं,’...