नेभिगेशन
सबै कुरा

९ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ घटेको हो ।

महासंघका अनुसार १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर मंगलबार प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको हो । 

Global Ime Bank

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १८३५ रुपैयाँमा झरेको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation