नेभिगेशन
सबै कुरा

राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना

कठमाडौँ । बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरेको छ । 

ललितपुरको पुल्चोकमा स्थापना गरिएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गरेका हुन् । सहकारी नियमन प्राधिकरणको उद्घाटन गर्दै मन्त्री अधिकारीले अहिलेको आवश्यकता र मागका आधारमा प्राधिकरणले आफ्नो काम गर्नुपर्नेमा जोड दिए । 

Dish Home
Global Ime Bank

उनले प्राधिकरण गठन भएसँगै सहकारीको नियमन हुने र अनियमितता गर्नेमाथि छानविन हुने स्पष्ट पारे । प्राधिकरण स्वायत्त र अधिकारसम्पन्न भएकाले कहिँकतैबाट हस्तक्षेप नहुने उनले बताए । 

सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत सहकारी क्षेत्रको सुधारका लागि प्राधिकरणको कार्यालय स्थापना गरिएको हो ।

प्राधिकरणले संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्नेछ । नियम पालना नगर्ने सहकारीलाई कारवाही गर्नेसम्मको अधिकार प्राधिकरलाई दिइएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पदाधिकारीलाई सपथ गराइएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

भट्टराईले राजीनामा दिनुको कारण भने खुलिसकेको छैन । यद्यपी पछिल्लो समय चर्कदै गएको शिक्षक आन्दोलनका कारण घेराबन्दीमा परेकी थिइन् । 
भारतका विद्युतमन्त्री नेपाल आउँदै, यस्तो भ्रमण तालिका

भारतका विद्युतमन्त्री नेपाल आउँदै, यस्तो भ्रमण तालिका

गत माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए। उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयका प्रवक्ता सन्दीपकुमार...
रवि लामिछानेले हालेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा

रवि लामिछानेले हालेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा

लामिछानेले आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै आइतबार रिट दर्ता गराएका थिए ।