नेभिगेशन
समाज

राजेन्द्र मल्ल वाणिज्य सेवा पदकबाट सम्मानित

काठमाडाैँ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित भएका छन् । 

तेस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड २०८१ को अवसरमा मल्ल सम्मानित हुनुभएको हो । व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर स्वरुप मल्ल सम्मानित भएका हुन् । उनी ४० वर्षदेखि व्यवसायिक क्षेत्रमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहँदै आएका छन् । 

Global Ime Bank

व्यवसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदर स्वरुप चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई सम्मान गरिएको आयोजकले जनाएको छ । 

अध्यक्ष मल्लले कर्पोरेट संगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आएका छन् । सम्मानपछि मल्लले कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा थप काम गर्नका लागि प्रेरणा मिलेको बताए । 

पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मल्ललाई संयुक्त रुपमा सम्मान गरे । मल्लले नेपालको व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै यो सम्मान पत्र प्राप्त गरिएको हो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हतकडी लगाएर विमानस्थल पुर्याइएका दुर्गा प्रसाई भन्छन्, 'आफै पक्राउ दिएको हो, म आत्तिएको छैन'

हतकडी लगाएर विमानस्थल पुर्याइएका दुर्गा प्रसाई भन्छन्, 'आफै पक्राउ दिएको हो, म आत्तिएको छैन'

विमानस्थल छिर्ने क्रममा पत्रकारहरुसँग बोल्दै प्रसाईले भने,'म आत्तिएको छैन कि, यो तस्करविरुद्धको लडाई हो, आफै पक्राउ दिएको हो है फेरी' ।
झापा ल्याइसकेपछि प्रहरीले स्विकार्यो दुर्गा प्रसाईँको पक्राउ

झापा ल्याइसकेपछि प्रहरीले स्विकार्यो दुर्गा प्रसाईँको पक्राउ

नेपाल प्रहरीले दुर्गा प्रसाईँ ‘औपचारिक’ रुपमा प्रकाउ परेको बताएको छ । नेपाल प्रहरी प्रमुखको सचिवालयले प्रसाईँ र उनका अंगरक्षकलाई पक्राउ गरेको बताएको छ ।
दुर्गा प्रसाईँलाई बुद्ध एयरमा काठमाडौँ ल्याइँदै 

दुर्गा प्रसाईँलाई बुद्ध एयरमा काठमाडौँ ल्याइँदै 

भारतबाट पक्राउ गरेर झापा ल्याइएका दुर्गा प्रसाईँलाई विमान मार्फत काठमाडौं ल्याइने भएको छ । काँकड्भिट्टा नाकाबाट नेपाल प्रहरीले जिम्मा लिएर अहिले उनलाई झापा प्रहरी कार्यालयमा राखिएको छ ।...