नेभिगेशन
सबै कुरा

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौँ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । त्रिपाठीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । 

उनीविरुद्ध उदयपुरका दिलबहादुर राईले अवहेलना निवेदन दर्ता गरेका हुन् । रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने कास्की र काठमाडौँका जिल्ला न्यायाधीश विरुद्ध त्रिपाठीले असंवेदनशिल टिप्पणी सञ्चार माध्यममा गरेका थिए । 

Dish Home
Global Ime Bank

‘विपक्षी आफैँ अधिवक्त भएको र अदालत र माननीय न्यायाधीशको विषयमा के कस्ता अभिव्यक्ति दिन मिल्छ भन्ने उनलाई थाहा जानकारी नहुने हुँदैन । उहाँले जानी जानी दिएको अदालत तथा माननीय न्यायाधीशको अपमान हुनेगरी दिएको अभिव्यक्ति अक्षम्य अपराधजन्य कार्य भएकाले उहाँलाई झिकाई बयान गराई स्वंयलाई तारिखमा बस्नुपर्ने, वारेस समेत राख्न नपाउने गरी आदेश गरी हदैसम्मको सजाय गरिपाउँ’, निवेदनमा भनिएको छ । 

त्यस्तै बरिष्ठ अधिवक्ता त्रिपाठीले बिना प्रमाण तथा बिना तथ्यका आधारमा माननीय न्यायाधीशको कार्यक्षमतामा प्रश्न उठाइ मिडियामा बोल्दा ख्याल गर्नुपर्नेमा नगरी कानुन व्यवसायी आचारसंहिता विपरित कार्य गरी अदालतको अवहेलना गरेको उल्लेख छ । 

निवेदक राईका अनुसार साे मुद्दाकाे पेशी आइतबारका लागि ताेकिएकाे छ । 

त्रिपाठीको अभिव्यक्तिबारे न्यायाधीश समाजले पनि बुधबार एक विज्ञप्ती निकाल्दै खण्डन गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
भर्खरै