नेभिगेशन
पैसाका कुरा

दिप प्रज्वलन गरेर मनाइयो ‘हिन्दु संस्कृति पुनर्स्थापना दिवस’

काठमाडौँ । श्री रिद्धि सिद्धि सेवा ट्रस्ट र श्री रिद्धि सिद्धि ज्वेलर्सले संयुक्त रुपमा  ‘हिन्दु संस्कृति पुनर्स्थापना दिवस’ मनाएको छ । काठमाडोँको दरबार क्षेत्रस्थित महादेव पार्वती डबलीमा ट्रस्ट र ज्वेलर्सले गंगा क्लबसंगको सहकार्यमा दिप प्रज्वलन गरेर कार्यक्रम सम्पन्न भएको हो। 

कार्यक्रमको उद्देश्य मैत्री, भाइचारा, शान्ति र सद्भावको सन्देश सम्पुर्णमा सम्प्रेषण गर्ने र संस्कृतिको पुनर्जागरण र उत्थानमा सम्पुर्ण नेपालीको सहभागिता रहोस्‌ भन्ने रहेको श्री रिद्धी सिद्धी ज्वेलर्सका अध्यक्ष नरेन्द्र कुमार गुप्ता बताउँछन् । युवामा संस्कृति र संस्कार अझै सशक्त बनोस र विश्वमा शान्ति भाईचारा र सद्भाव कायम रहोस भन्ने कामनाका साथ यो कार्यक्रम हरेक वर्ष मनाउँदै आइएको छ । 

Dish Home
Global Ime Bank

त्यस्तै  युवा मुलुकको वर्तमान र भविष्य भएकाले उनीहरुमा सकारात्मकताको विकास होस भन्ने चाहनाका साथ कार्यक्रममा सहभागी भएको सहआयोजक संस्था गंगा क्लबका कोषाध्यक्ष सुनिल राज जोशी बताउँछन् । 

त्यस्तै युवामा करुणा र मैत्रीको भावनाको विकास होस भन्ने कामनाका साथ यो कार्यक्रम आयोजना गरिएको श्री रिद्धी सिद्धी सेवा ट्रस्टका प्रतिनिधि अभिलाष आचार्य बताउँछन् । 

आगामी दिनमा समेत यो कार्यक्रमलाई निरन्तरता दिने आयोजकले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation