नेभिगेशन
सबै कुरा

४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहिबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । 

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य बुधबार १ लाख ६० हजार कायम थियो । 

Global Ime Bank

त्यस्तै बिहिबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार १ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य २० रुपैयाँले  घटेर आज १ हजार ८७५ रुपैयाँ कायम भएको छ।




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation