नेभिगेशन
सबै कुरा

खो खो विश्वकपमा उपविजेता बनेको पुरुष तथा महिला टोलीलाई रास्वपाको सम्मान (तस्विरहरु)


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतमा सम्पन्न प्रथम खो खो विश्वकपमा उपविजेता बन्न सफल नेपाली पुरुष तथा महिला टोलीलाई सम्मान व्यक्त गरेको छ । खेलाडीहरुलाई पार्टी कार्यालयमा बधाई तथा सम्मान गरिएको हो ।

Global Ime Bank

सम्मान कार्यक्रममा पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठलगायतको उपस्थिति थियो।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा सम्पन्न फाइनल खेलमा नेपालको पुरुष टोली आयोजक भारतसँग ५४–३६ अङ्कले पराजित थियो भने महिला टोली पनि भारतसँगै ७८–४० अङ्कले पराजित भएको थियो ।  खो खो विश्वकप प्रतियोगिताकाे फाइनल खेल माघ ६ गते सम्पन्न भएकाे  थियाे ।






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation