नेभिगेशन
सबै कुरा

पानी माग्दै रित्तो गाग्री बोकेर प्रधानमन्त्री भेट्न काठमाडौंमा हर्क साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर प्रधानमन्त्री भेट्न काठमाडौं आएका छन् । 

सोमबार विमान मार्फत काठमाडौँ आएका उनले धरानबाटे रित्तो गाग्री साथमा ल्याएका छन् । सरकारले धरानको खानेपानी समस्या समाधान गर्न नसकेकाले दबाब स्वरुपमा रित्तो गाग्री बोकेर काठमाडौ आएको बताए । 

काठमाडौ आउनु पूर्व धरानको भानु चोकमा रित्तो गाग्रीसहित प्रदर्शन गरेका उनले काठमाडौमा भोलि खाली गाग्रीसहित सिंहदरबार छिरेर खानेपानीमन्त्री र प्रधानमन्त्रीलाई भेट्ने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation