नेभिगेशन
सबै कुरा

८ सयले घट्यो सुनको मूल्य

काठमाडाैँ । नेपाली बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो । 

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य शुक्रबार १ लाख ५७ हजार ९ सय रुपैयाँ कायम थियो ।

Global Ime Bank

त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । शुक्रबार १ हजार ८९० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३० रुपैयाँले घटेर १ हजार ८६० रुपैयाँ कायम भएको हो ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation