नेभिगेशन
सबै कुरा

अध्यादेश ल्याएर सरकारले संसदलाई पंगु बनाउने नियत देखायोः विवेकशील साझा पार्टी

काठमाडौं । विवकेशील साझा पार्टीले, संसद् अधिवेशन छलेर अध्यादेश जारी गर्ने कदमलाई सरकारको कुत्सित नियत भएको बताएको छ । 

सरकारले संसद छलेर पाँच वटा अध्यादेश जारी गरेपछि विवकेशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको हो । 

Dish Home
Global Ime Bank

पार्टी प्रवक्ता आशुतोष प्रधानले विज्ञप्ति जारी गर्दै संसद छलेर कानून निर्माण गर्नुलाई ‘जनताको प्रतिनिधित्व गर्ने निकाय संसदलाई पंगु बनाउने सरकारको नियत’ भएको उल्लेख गरिएको छ । 

पार्टीले ‘दुई तिहाइ सन्निकट सरकारको अध्यादेश मोह, कुशासनको प्रतिक’ भएको दाबी गर्दै संसद् छलेर सीमित व्यक्तिहरूको स्वार्थपूर्तिकालागि बदनियतपूर्वक कानून निर्माण गरिएको आरोप लगाएको हो । 

विज्ञप्तिमा ‘सरकारले हिउँदे अधिवेशन बोलाएर दफावार छलफलपछि कानुन निर्माण गर्नुको सट्टा अत्यन्त विशिष्ट अवस्थामा अभ्यास गरिने अध्यादेशलाई रोज्नु सरकारको कुत्सित नियत भएको विवेकशील साझाको ठहर छ’, उल्लेख गरिएको छ । विवकेशील साझा पार्टीले भनेको छ, ‘सामान्य अवस्थामा अध्यादेशमार्फत राज्यलाई दिर्घकालीन असर गर्ने कानुन निर्माण गर्नु संवैधानिक मर्म, लोकतान्त्रिक मूल्य र मान्यता विपरीत छ ।’

सरकारले  सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन),भूमिसम्बन्धी अध्यादेश सहित पाँच वटा अध्यादेश ल्याएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

भट्टराईले राजीनामा दिनुको कारण भने खुलिसकेको छैन । यद्यपी पछिल्लो समय चर्कदै गएको शिक्षक आन्दोलनका कारण घेराबन्दीमा परेकी थिइन् । 
भारतका विद्युतमन्त्री नेपाल आउँदै, यस्तो भ्रमण तालिका

भारतका विद्युतमन्त्री नेपाल आउँदै, यस्तो भ्रमण तालिका

गत माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए। उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयका प्रवक्ता सन्दीपकुमार...
रवि लामिछानेले हालेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा

रवि लामिछानेले हालेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा

लामिछानेले आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै आइतबार रिट दर्ता गराएका थिए ।