नेभिगेशन
सबै कुरा

सरकारले बढायो डिजेल, पेट्रोल र मट्टितेलको मूल्य


काठमाडौँ । सरकारले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँले वृद्धि गरिएको छ । 

Global Ime Bank

यससँगै काठमाडौँ उपत्यकासहित पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य १५६ रुपैयाँ पुगेको छ । 

सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य १५५ रुपैयाँ पुगेको छ ।

झापा, विराटनगर, जनकपुर, बारा, रुपन्देही, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५३  रुपैयाँ ५० पैसा कायम गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation