नेभिगेशन
सबै कुरा

घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले !

काठमाडौँ । वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतका सन्देश चुनाराले बजारको एक पसलमा पत्रिका पढ्ने बेला एउटा विज्ञापन देखे । 


Global Ime Bank

वीरेन्द्रनगरकै एक पत्रिकामा प्रकाशित उक्त विज्ञापनमा ‘डिपेन्डेन्ट भिसा’ शीर्षकमा इच्छुक मानिसहरूलाई तुरुन्त सम्पर्क गर्नुस् भनेर लेखिएको थियो । यसरी सम्पर्क गर्नेलाई सजिलैसँग  डिपेन्डेन्टमा अष्ट्रेलिया, क्यानडा, युरोप र युके लैजाने भनिएको थियो । तल दुई वटा सम्पर्क नम्बर राखिएको थियो । आकर्षक वैदेशिक रोजगारीको अफर देखेपछि उनले त्यो विज्ञापन बाबुलाई देखाए ।


सोही सूचनालाई पछ्याउँदै बाबुछोराले अष्ट्रेलिया जान सम्पर्क सुरु गरे । पत्रिकामा आएको सो विज्ञापनमा कन्सल्टेन्सीको नाम र ठेगाना उल्लेख गरिएको थिएन । 

Global Ime Bank

तर, टेकबहादुरका बाबुछोराले फोन गर्दा फोन उठाउने व्यक्तिले आफूहरूको लोकेसन काठमाडौँको ठमेलमा रहेको बताउँथे । फोनमै उनलाई आफूले डिपेन्डेन्टमा एक युवतीसँग नक्कली विवाह गराएर सन्देशलाई अष्ट्रेलिया पठाउन सक्ने बताए । 

टेक बहादुरलाई उक्त विवरण बताउने व्यक्ति थिए, रत्न लामिछाने । उनले सन्देशलाई ३० लाख लागतमा अष्ट्रेलिया पठाउन सक्ने भन्दै सम्पूर्ण कागजात लिएर कार्यालय आउन भने । 

रत्न नै सल्लाह बमोजिम चुनारा बाबुछोरा सुर्खेतबाट काठमाडौँ आए । अ इनटरनेश्नल कन्सल्टेन्सीको कार्यालय भनिएको लोकेसन ठमेलमा पुगेर ती व्यक्तिलाई भेटे । 

भेटमा पनि ति व्यक्तिले आफूले सन्देशलाई अष्ट्रेलिया पठाउन सक्ने, सन्देशजस्तै अन्यलाई पठाइरहेको दाबी गर्दै दर्जनौँ तस्विर समेत देखाए । 

त्यस्तै उनले आफ्नोमा कारोबार गर्दा सम्पूर्ण कारोबार बैँकिङमार्फत गर्नुपर्ने बताएपछि चुनारा बाबुछोरालाई थप विश्वास जाग्यो । त्यसपछि उनीहरूले प्रक्रिया अपनाएर केही एडभान्स रकम छोडेर फर्किए । 

चुनारा दाजुभाइले रत्नकै आग्रहअनुसार सन्देश पटक पटक काठमाडौँ आए ।  मेडिकल, बायोमेट्रिक आदी गराए । ३ महिनामा अष्ट्रेलिया उडाउँछु भन्ने रत्नको दाबी पछि उनी ढुक्कले बसे ।

यस्तै सूचनालाई पछ्याएर दोलखाका दिनेश सुवेदी, दाङका प्रकाश डाँगी र सुनिता डाँगी, पोखराका विमल र गणेश नाम गरेका युवकहरूले पनि आफ्नो प्रक्रिया सुरु गरे । सन्देशले रत्नले दिएको एनआईसी बैंकको खातामा पटक पटक गरेर २८ लाख रुपैयाँ रकम पठाए । अन्य युवकहरूले पनि १० देखि २८ लाख सम्म रकम तिरे । डिपेन्डेन्टमा अष्ट्रेलिया जान ३ महिनाको समय दिइएको थियो । एकदिन रत्नले अष्ट्रेलियाको भिसा भन्दै एक डकुमेन्ट पठाए ।   

सन्देशलाई यो डकुमेन्टमा शंका लाग्यो र जाँच गरे । खासमा त्यो भिजिट भिसाको फेक डकुमेन्ट थियो । डिपेन्डेन्टमा उँड्ने महिना चार, पाँच गर्दै छैटौँ महिना बित्यो । भिसा त आएन तर नक्कली कागजात मात्रै आयो ।    

फेक डकुमेन्ट भएको पाएपछि चुनारा परिवारले उनलाई सम्पर्क गरे । तर, ती युवक सम्पर्कविहिन छन् । चुनारा मात्रै होइन सबै रकम जम्मा गर्ने व्यक्तिहरुबाट रत्न नाम गरेका व्यक्ति फरार भए । 

अफिसमा ताला 

त्यसपछि पिडितहरु काठमाडौँ आएर ठमेलस्थित कन्सलटेन्सीको कार्यालयमा पुगे । कार्यालयमा पुग्दा ढोका लगाइएको थियो । घरबेटीले पनि कन्सल्टेन्सी सञ्चालन गर्ने ती व्यक्ति फरार भएकाले आफूले ताला लगाएको बताए । 

चुनारा बाबुछोराले आफूहरुले पासपोर्ट बुझाएको भन्दै ढोका खोलिदिन आग्रह गरे । उनीहरुको आग्रह मानेर घरबेटीले ढोका त खोलिदिए तर त्यहाँबाट सम्पूर्ण सामान लगिसकेको रहेछ ।

त्यसपछि आफूहरु ठगिएको महसुस भएपछि उनीहरु भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेर उजुरी दर्ता गराए । 

नागरिकता नक्कली, बैंक खाता सक्कली 

प्रहरीले उजुरी दर्ता गरेर फरार रत्न नामको व्यक्तिको विवरण खोज्यो । प्रहरी र चुनारा परिवारले पैसा हालेको बैंक खाता नम्बरको आधारमा बैँकबाट केवाइसी फर्म निकाले ।

केवाइसी विवरणमा उनको नाम रत्न लामिछाने नै थियो भने ठेगाना भिरकोट गाउँपालिका ८ तनहुँ । 

लाखौँ पैसा फसाएका चुनारा बाबुछोरा तिनै फरार रत्न लामिछाने र उनको परिवारको खोजीका लागि तनहुँको भिरकोट ८ सम्मै पुगे । वडाको सहयोगमा धेरै दिन लगाएर उनको पहिचान गर्ने प्रयास भयो तर उनको नाम गरेको व्यक्ति आफ्नो  वडामा नरहेको वडाले बतायो । 

त्यस्तै उनको नागरिकतामा उल्लेख गरेको बाबुआमाको नाम भएको व्यक्ति समेत वडामा फेला परेन । 

त्यसपछि उनी नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालय तनहुँ पुगे । तनहुँ प्रशासनले समेत आफूहरूको अभिलेखमा त्यो नागरिकताको विवरण नभएको जानकारी गरायो । 

अर्थात, अभिलेख नै नरहेको नक्कली नागरिकता लिएर ति युवकले बैंक खाता खोलेर दर्जनौँ मानिसलाई लुटेको खुल्यो । खासमा उनी को हुन भन्ने अहिलेसम्म पहिचान नै भएको छैन् । 

आफ्नै कर्मचारीलाई फसाएर फरार !

रत्नले डिपेन्डेन्टको सपना बुनेकाहरुलाई त ठगे नै आफ्नै कार्यालयका लेखामा काम गर्नेलाई समेत फसाइदिए । उनको कन्सलटेन्सीमा प्युठानका मेघराज सुनार लेखापालो काम गर्थे । १२ को अध्ययन सकेपछि थप अध्ययन र रोजगारीको खोजीमा काठमाडौँ आएका उनी कालिमाटीस्थित एसआर जब सोलुसन पुगे ।

जागिर खोजिदिने भन्दै खुलेको उक्त कम्पनीले मेघराजलाई तिनै रत्न लामिछाने भन्ने व्यक्तिको सोही अ इन्टरनेश्नल कन्सल्टेन्सीमा अकाउन्टेन्टको जागिरका लागि पठायो । ४ हजार २ सय रुपैँया तिरेर जागिर खोजेका उनलाई रत्नले बैँकमार्फत तलब खुवाउने भन्दै सोह्रखुट्टेस्थित एनआइसी एसिया बैँकमा खाता खोलिदिए । 

तलब आउने खातामा रत्नले मेघराजलाई विदेश जान आउनेको कारोबार गराए । अष्ट्रेलिया पठाइदिने भन्दै आएका दोलखाका दिनेश सुवेदीलाई मेघराजको नाममा चेक काट्न लगाए । दिनेशले समेत मेघराजको नाममा चेक काटे । 

दिनेशले काटेको चेक लिएर मेघराजले रत्नकै निर्देशनमा आफ्नो नामको खातामा पैसा जम्मा गरे । पुनः रत्नले भनेअनुसार उक्त पैसा बैँकबाट निकालेर रत्नलाई नै बुझाए । अहिले रत्न भागे तर दिनेशले पैसा बुझाएका मेघराज यही छन् । 

रत्न फरार भएपछि अहिले दोलखाका दिनेशले मेधराजलाई ठगिएको रकम फिर्ता गर्न ताकेता गरेका छन् । तर, उनी आफै न्यायको खोजीमा छन् । अष्ट्रेलिया उड्ने सपना बुनेका युवकबाट मेघराजले पैसा लिएको प्रमाण छ तर उनले रत्नलाई दिएको प्रमाण नभए पछि उनी प्रहरीको अनुसन्धानमा परेका छन् ।  

छोराको खाता प्रयोग गरेर रत्न फरार भएपछि मेघराजकी आमा काठमाडौँ आएकी छिन् । उनी आफ्नो छोरा निर्दोश रहेको भन्दै छोराको कुनै गल्ती नभएको बताउँछिन् । 

यस्तो छ ठगको हुलिया 

जिल्ला प्रहरी परिसर काठमाडौँले अहिले यो प्रकरणका खास नाइके रत्न उर्फ पहचान नखुलेको नक्कली ठगको खोजी गरिरहेको छ ।

सिधाकुरालाई प्राप्त उनको एक फोटोमा उनी कालो क्याप र हातमा झपक्क सुनको औँठी लगाएका देखिन्छन् । यो तस्विर काठमाडौँको ठमेल क्षेत्र आसपास खिचेको देखिन्छ । 

आँखा चिम्सो र नाक थ्याप्चे आकृति भएका यीनको पहचान गरिदिनेर्लाइ पुरस्कार दिने पीडितहरुले बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation