नेभिगेशन
सबै कुरा

काठमाडौँ भ्यूटावरको भवनको नक्सापास निष्क्रिय छ : काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावरको भवनको नक्सापास निष्क्रिय रहेको जनाएको छ । काठमाडौँ महानगरपालिकाले एक सूचना जारी गर्दै वडा नं. २८ मा रहेको निर्माणाधीन भ्यूटावरको भवनको नक्सापास सम्बन्धमा छानबिन समिति गठन भएको र अनुसन्धानको भइरहेको जनाउँदै निष्क्रिय रहेको जनाएको हो ।

महानगरले नक्सा पासबारे छानबिन समिति गठन भएको र समितिबाट प्रतिवेदन प्राप्त भएर कार्यालयबाट निर्णय नहुँदासम्मका लागि नक्सा पास निष्क्रिय रहेको जानकारी गराएको हो ।

Dish Home
Global Ime Bank

‘काठमाडौं महानगरपालिका कार्यालय र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा.लि. बिच २०७१/११/२२ मा काठमाडौँ महानगरपालिका वडा नं. २८ पुराने बसपार्कमा काठमाडौँ भ्यूटावर निर्माणका लागि सम्झौता भएको र उक्त प्रा.लिबाट निर्माण हुँदै गरेको काठमाडौँ भ्यूटावर भवनको नक्सापासको सम्बन्धमा छानबिन समिति गठन भई छानबिनको कार्य भइरहेको हुँदा छानबिन समितिको प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नभएसम्मको लागि उक्त भवनको नक्सापास निष्कृय रहेको व्योहोरा सरोकारवालाको जानकारीको लागि सूचित गरिन्छ ।’, महानगरले निकालेको सूचनामा भनिएको छ । 

काठमाडौँ महानगरपालिकाले सो भ्यूटावरको नक्सापास प्रक्रियामा नियमविपरित कार्य गरेको भन्दै गत पुष ५ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निलम्बन गरेको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

भट्टराईले राजीनामा दिनुको कारण भने खुलिसकेको छैन । यद्यपी पछिल्लो समय चर्कदै गएको शिक्षक आन्दोलनका कारण घेराबन्दीमा परेकी थिइन् । 
भारतका विद्युतमन्त्री नेपाल आउँदै, यस्तो भ्रमण तालिका

भारतका विद्युतमन्त्री नेपाल आउँदै, यस्तो भ्रमण तालिका

गत माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए। उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयका प्रवक्ता सन्दीपकुमार...
रवि लामिछानेले हालेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा

रवि लामिछानेले हालेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा

लामिछानेले आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै आइतबार रिट दर्ता गराएका थिए ।