नेभिगेशन
सबै कुरा

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०र८१ को प्रतिवेदन पेस गरिएको छ । 

Dish Home
Global Ime Bank

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल समक्ष सो प्रतिवेदन पेस गरेका हुन्। सो अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका काम अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने एवं मुद्दाको सफलताको प्रतिशत अझ बढाउन सकेमा कानुनी शासनको बढोत्तरी तथा खासगरी फौजदारी न्याय प्रशासन प्रभावकारी हुन्छ भने । 

“मुद्दाको सफलताको प्रतिशत बढाउने मात्रै भन्दा पनि पीडितले न्याय पाए नपाएको वा पीडितमैत्री भए नभएको विषय महत्वपूर्ण हुन्छ भन्ने म ठान्दछु”, राष्ट्रपति पौडेलले भने, “त्यसैले कसुरदारलाई सजाय दिनेतर्फ मात्रै होइन पीडितले क्षतिपूर्तिसहितको न्याय पाउने विषयको सुनिश्चितता प्रदान गर्ने विषयसमेत महान्यायाधिवक्ताको जिम्मवारी हो ।” 

उनले नेपालको संविधानको मौलिक हकमा अपराधपीडितको हक सुनिश्चित गरेका सन्दर्भमा त्यस्तो हकको रक्षाका लागि संविधानको प्रभावकारी कार्यान्वयन भए नभएको तर्फ पनि महान्यायाधिवक्तको कार्यालयले विशेष ध्यान दिनेमा विश्वास व्यक्त गरे । सो अवसरमा महान्यायाधिवक्ता बडालले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

भट्टराईले राजीनामा दिनुको कारण भने खुलिसकेको छैन । यद्यपी पछिल्लो समय चर्कदै गएको शिक्षक आन्दोलनका कारण घेराबन्दीमा परेकी थिइन् । 
भारतका विद्युतमन्त्री नेपाल आउँदै, यस्तो भ्रमण तालिका

भारतका विद्युतमन्त्री नेपाल आउँदै, यस्तो भ्रमण तालिका

गत माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए। उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयका प्रवक्ता सन्दीपकुमार...
रवि लामिछानेले हालेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा

रवि लामिछानेले हालेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा

लामिछानेले आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै आइतबार रिट दर्ता गराएका थिए ।