नेभिगेशन
सबै कुरा

फरार भनिएकी ऋषिकेश पोखरेलकी पत्नी अदालतमा हाजिर, न्यायाधीशसामू बयान जारी

काठमाडाैँ । उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा मुछिएकी प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित हाजिर भएकी छिन् । सहकारीको रकम अपचलनमा संलग्न रहेको भन्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर भएपनि फरार रहेकी उनी बुधबार अदालतमा हाजिर भएकी हुन् । 

जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको बयान जारी रहेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। भट्टराईको इजलासमा उनको बयानपश्चात बहस हुने र थुनछेक आदेश हुनेछ । 

Global Ime Bank

अदालतले उनीविरुद्ध पुस २ गते नै पक्राउ पुर्जी जारी गरेपनि फरार रहेकी अञ्जला अदालतमा उपस्थित भएसँगै आज थुनछेक बहस नसकिए उनी हिरासतमा जाने छिन् । अदालतको आदेशपछि मात्रै उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने वा तारेखमा राख्ने भन्ने टुंगो लाग्नेछ।

सार्वजनिक लेखा समितिका सभापतिकी पत्नी कोइराला मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको तत्कालीन सञ्चालक समिति सदस्य हुन्।

सरकारी वकिल कार्यालयले उनीसहित २६ जनाविरुद्ध सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation