नेभिगेशन
सबै कुरा

एमालेले केपी ओली नेतृत्वको सरकारलाई भन्यो, ‘चर्चामा आएका सबै भ्रष्टाचार प्रकरणमाथि छानबिन गर’

काठमाडौँ । नेकपा एमालेले चर्चामा आएका सबै भ्रष्टाचार प्रकरणमाथि छानबिन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । आफैँ सत्तारुढ दल रहेको नेकपा एमालेले केन्द्रीय कमिटी बैठकमार्फत सरकारलाई सबै चर्चामा आएका भ्रष्टाचार प्रकरणको छानबिन गरि निष्कर्शमा पुग्न ध्यानाकर्षण गराएको हो । 

गत आइतबारदेखि सुरु भएर आज सम्पन्न भएको केन्द्रीय कमिटीले पारित गरेको विशेष प्रस्तावमा भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्याय निरूपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकारसम्पन्न बनाउन र चर्चामा रहेका सबै प्रकरणहरूको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पुऱ्याउन सरकारको ध्यानाकर्षण गराएको हो । 

Dish Home
Global Ime Bank

‘गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले सुरू गरेका कदमहरू सकारात्मक छन् । यो बैठक भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्याय निरूपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकारसम्पन्न र साधनस्रोतले युक्त बनाउन, भ्रष्टाचारका विरूद्ध सामाजिक जागरण वृद्धि गर्न, सहकारी अनियमिततामा बचतकर्ताहरूको रकम सुरक्षितसाथ फिर्ता हुने कुरा सुनिश्चित गर्न, मुछिएका जोसुकैका विरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणहरूको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पुऱ्याउन सरकारको ध्यानाकर्षण गर्दछ। र, आफ्नो पङ्क्तिमा सदाचार, स्वच्छता र पारदर्शिता सुनिश्चित गर्ने गराउने दृढ संकल्प गर्दछ।’, प्रस्तावमा भनिएको छ । 

त्यस्तै नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले १४ वटा समसामयिक प्रस्ताव पारित गरेको छ । तीन दिन चलेको केन्द्रीय कमिटी बैठकले १४ वटा प्रस्ताव पारित गर्दै बैठक समापन गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

भट्टराईले राजीनामा दिनुको कारण भने खुलिसकेको छैन । यद्यपी पछिल्लो समय चर्कदै गएको शिक्षक आन्दोलनका कारण घेराबन्दीमा परेकी थिइन् । 
भारतका विद्युतमन्त्री नेपाल आउँदै, यस्तो भ्रमण तालिका

भारतका विद्युतमन्त्री नेपाल आउँदै, यस्तो भ्रमण तालिका

गत माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए। उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयका प्रवक्ता सन्दीपकुमार...
रवि लामिछानेले हालेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा

रवि लामिछानेले हालेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा

लामिछानेले आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै आइतबार रिट दर्ता गराएका थिए ।