नेभिगेशन
सबै कुरा

स्वर्णलक्ष्मी सहकारीकाे रकम अपचलन आराेपमा ३९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी रकम अपचलन प्रकरणमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध १ अर्ब साढे १९ करोड बिगो दाबीसहित अदालतमा मुद्दा दायर भएको हो । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरुविरुद्ध आइतबार सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो।

Global Ime Bank

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखरामा थुनछेक बहस चलिरहेको छ । सोही बेला काठमाडौँमा पनि उनीविरुद्ध मुद्दा दायर भएको हो । उनीविरुद्ध सहकारी ठगीमा ५ करोड ८ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा बिगो कायम गरिएको छ।

कास्की प्रहरीले उनीहरुमध्ये केहीलाई सम्पत्ति सुद्धीकरणको मुद्दा दायर गरेपनि काठमाडौँमा भने कसैलाई पनि सम्पत्ति शुद्धीकरणको कसुर लगाइएको छैन। 

जिल्ला सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित छविलाल जोशी, जीबी राई, देवेन्द्रबाबु राई, कुमार रम्तेल, इरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रविना रिमाल, दिपक लामा, सविना आलेमगर, भक्तबहादुर भोलन, सविता लामा,  प्रदीप लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा लगायतलाई प्रतिवादी बनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation