नेभिगेशन
सबै कुरा

दुई दाना कम्पनीविरुद्ध मुद्दा, चिया र मह कम्पनीमाथि अनुसन्धान हुँदै

७ भदौ चितवन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । भरतपुर महानगरपालिका–४ स्थित पञ्चरत्न फिड्स प्रालि र खैरहनी नगरपालिका–९ स्थित कैलाशपति एग्रो प्रालिमाथि मुद्दा दायर गरिएको हो ।

उत्पादन गरेको दाना सरकारले तोकेको मापदण्डअनुसार नपाइएकाले दुवै कम्पनीविरुद्ध मुद्दा चलाइएको कार्यालयका प्रमुख धननाथ अधिकारीले जानकारी दिए । उनीहरुलाई दाना पदार्थ ऐन, २०३३ अन्तर्गत कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको थियो । दुवै कम्पनीलाई यस ऐनअन्तर्गत नगद २० हजारदेखि ५० हजारसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद माग दाबी गरीएकाे छ ।

कार्यालयले गत आर्थिक वर्षमा ऐनबमोजिम दानाको नमूना सङ्कलन गरी २८ कम्पनीको परीक्षणका लागि पठाएको थियो । यस्तै गत आवमा यहाँका अन्य दुई उत्पादक कम्पनीलाई कारबाहीको सिफारिस गरिएको थियो । चिया र मह उत्पादन गर्ने कम्पनीमाथि अनुसन्धान भइरहेको कार्यालयले जनाएकाे छ । - रासस


Dish Home
Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

आज विभिन्न तीन सय १९ कम्पनीका दुई करोड १२ लाख तीन हजार सात सय ६६ कित्ता शेयर ७८ हजार छ सय ७८ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब...
मुल्य बढेपनि खचाखच काठमाडौँका सुन पसल (तस्विरहरु)

मुल्य बढेपनि खचाखच काठमाडौँका सुन पसल (तस्विरहरु)

सुनको मूल्य दिनप्रतिदिन बढ्दै जाँदा पनि सुन पसलहरुमा मानिसको भीड भने घटेको छैन । विवाहको लगन आउँदै गर्दा सुन पसलमा चहलपहल बढेको व्यवसायी बताउँछन् । त्यसका अलवा कतिपय...
सुनको मूल्यले आज पनि बनायो रेकर्ड, १ लाख ९१ हजार पुग्यो

सुनको मूल्यले आज पनि बनायो रेकर्ड, १ लाख ९१ हजार पुग्यो

आइतबार १ लाख ८९ हजार ८०० रुपैयाँमा खरिदविक्रि भएको सुनको मूल्य आज १२ सय बढेको हो । यसअघि  बिहीबार सुनको प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार...
सुनको मूल्य बढेको बढ्यै, तोलाकै मुल्य १ लाख ९० हजार नाघ्यो 

सुनको मूल्य बढेको बढ्यै, तोलाकै मुल्य १ लाख ९० हजार नाघ्यो 

नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । पछिल्लो एक सातामा निरन्तर बढिरहेको सुनको मूल्य बिहीबार तोलामै ३६०० रुपैयाँ बढेको हो।