नेभिगेशन
सबै कुरा

नेपाललाई खबरै नदिई भारतद्वारा अतिक्रमित नेपाली भूमिमा नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी पुगेका छन् । उनी हेलिकप्टरबाट बिहिबार बिहान नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् ।

मोदीले जोलिङ्काङमा पूजापाठ र कैलाश पर्वतको दर्शन गर्ने जनाइएको छ । 

Dish Home
Global Ime Bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमिको भ्रमण गर्दा नेपाली अधिकारीहरू भने बेखबर भएको पाइएको छ । 

उनले गुञ्जी, नाभि, कुटी, रोङकाङ, चपलच्यु गब्र्याङ र बुदीका स्थानीयहरुसँग भेट तथा छलफल समेत गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

साथै त्यस क्षेत्रमा भारतीय सेना, आइटटीवीपी, एसएसबी र सुरक्षा अधिकारहिरुसँग फोटो सेसनका लागि समय छुट्इएको भारतीय संचारमाध्यमले जनाएका छन् । 

उनी भारतको धार्चुला हुँदै कैलाश पर्वतको दर्शन गर्ने बहानामा नेपालको नक्सामा समेटिएको क्षेत्रमा जान लागेका हुन् । 

मोदीको भ्रमणका विषयमा प्नशासनलाई आधिकारीक जानकारी नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation