नेभिगेशन
सबै कुरा

आफुहरुको मागप्रति गम्भीरता नदेखाएको भन्दै सरकारविरुद्ध आन्दाेलन गर्ने निर्माण व्यवसायीकाे तयारी

काठमाडाैँ । नेपाल निर्माण व्यवसायी महासंघले सरकारले आफुहरुको मागप्रति गम्भीरता नदेखाएको भन्दै निर्णायक आन्दोलन गर्ने तयारी गरेको छ । 

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासंघले निर्णायक आन्दोलनको तयारीका लागि पुष २७ गते शनिबार काठमाडौँमा राष्ट्रिय भेला बोलाइएको जनाएको हो ।

Global Ime Bank

भेलामा देशभरका निर्माण व्यवसायीहरूको प्रतिनिधित्व हुने र आन्दोलनको अन्तिम खाका बनाइने महासंघले जनाएको छ । निर्माण उद्योगप्रतिको सरकारले उदासिनता देखाएको भन्दै त्यसका विरुद्ध निर्णायक आन्दोलनको विकल्प नभएको महासंघका सभापति रवि सिंहले बताए ।

खस्कँदो अवस्थामा रहेको मुलुकको अर्थतन्त्र उकास्न सबैभन्दा महत्वपूर्ण क्षेत्र निर्माण भएपनि निमौण क्षेत्रले नै अत्यन्तै जटिल समस्याहरु र त्यसको प्रभाव भोगिरहनु परेको उनले बताए । 

उनले निर्माण कार्य सम्पन्न गरेबापत निर्माण व्यवसायीहरूले पाउनुपर्ने रकम तत्काल निकासा गर्नका लागि सरकारी निकायबाट प्रतिवद्धता आएपनि भुक्तानीको समस्या पूर्णरुपमा समाधान हुन नसकेको उल्लेख गरे । 

समयमा नै भुक्तानी नभएका कारण चालू आर्थिक बर्षमा थप निर्माण कार्य सहज रुपमा अघि बढ्न नसक्ने देखिएको महासंघले जनाएको छ । महासंघले निर्माण उद्योगका समस्या समाधानका लागि महासंघ समेतको प्रतिनिधित्व रहने गरि तत्काल उच्चस्तरीय आयोग गठन गर्न सरकारसंग माग गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation