नेभिगेशन
सबै कुरा

उदयपुरमा ५४ केजी गाँजासहित एक जना पक्राउ

उदयपुर । उदयपुर प्रहरीले ५४ केजी लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उदयपुरगढी गाउँपालिका–१, धेप्छेबाट  गाँजा बोकेर हिँडिरहेको अवस्थामा ताप्ली गाउँपालिका–१ का ३६ वर्षीय चित्र बहादुर मगरलाई पक्राउ गरेको हो।

Global Ime Bank

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजन चापागाईंका अनुसार पक्राउ परेका मगरलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रहरीले गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको पहिचान र संजालबारे पनि अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation