नेभिगेशन
बाँकी कुरा

महानायक राजेश हमाल अभिनित ‘रातो टिकी’लाई दर्शकको साथ

 काठमाडाैँ : महानायक राजेश हमालको अभिनय भएको म्युजिक भिडियो  ‘रातो टिकी’ सार्वजनिक भएको एक हप्तामै ७ लाख धेरैले हेरेका छन् ।

सुरेश अधिकारीको शब्द, संगीत रहेको गायक कृष्ण विकको नयाँ गीत ‘रातो टिकी’ मा कृष्ण, मेलिना राई र रेखा जोशीको आवाज रहेको छ।

उक्त गीतको अभिनयमा  महानायक राजेश हमालसँगै दिलिप रायमाझी, केकी अधिकारी, निता ढुंगाना र घनश्याम जोशी रहेका छन् । 

एकल महिलाको चाहनाको पक्षलाई उठान गरेको उक्त म्युजिक भिडियोको जीबी आग्रीद्वारा निर्देशन र भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्।

गोपाल रायले खिचेको भिडियोलाई विपिन मल्लले सम्पादन गरेका छन् । मनोज श्रेष्ठको भीएफएक्स रहेको भिडियोको कलर करेक्सन रेनिश फागोले गरेका छन् ।

गत अक्टोबर ३ मा सार्वजनिक भएको १२ मिनेटको उक्त म्युजिक भिडियोमा हालसम्म १७ सय बढी कमेन्ट र ३२ हजार बढी लाइक आइसकेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation