नेभिगेशन
सबै कुरा

श्रीलंकाको राजदूतमा प्रस्तावित पूर्णबहादुर नेपालीको नाम सर्वसम्मतले अनुमोदन

काठमाडौँ । संघीय संसदको संसदीय सुनुवाई समितिले श्रीलंकाको राजदूतमा प्रस्तावित पूर्णबहादुर नेपालीको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले प्रस्तावित राजदूत नेपालीको सुनुवाई गर्दै सर्वसम्मतले अनुमोदन गरेको हो ।

मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सिफारिस गरेको थियो । समितिमा प्रस्तावित राजदूतको सुनुवाई पछि सर्वसम्मतले अनुमोदन गरिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । 

Dish Home
Global Ime Bank

सभापति न्यौपानेले समावेशीताका आधारमा राजदूत नियुक्त गर्न यसअघि ध्यानाकर्षण गराएपछि सरकारले त्यसलाई सकारात्मक रुपमा लिएर त्यही अनुसारको सिफरिस गरेको भन्दै धन्यवाद दिए । आगामी दिनमा पनि संविधानको भावना अनुसार सभावेशीताका आधारमा सिफरिस हुने उनले विश्वास व्यक्त गरे । 

त्यसअघि संसदीय सुनुवाईका क्रममा प्रस्तावित राजदूत नेपालीले श्रीलंकासंग आर्थिक कुटनीतिलाई अघि बढाउने र मुलुकको आर्थिक बिकासका लागि भूमिका खेल्ने बताए । त्यस्तै उनले धार्मिक पर्यटन बृद्धि गर्न पनि श्रीलंकामा आवश्यक काम गर्ने जिकिर गरे । 

संसदीय समितिले प्रस्तावित राजदूतको नाम अनुमोदन गरेसंगै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारले बनायो प्रधानमन्त्री ओलीकै अध्यक्षतामा सुशासन आयोग 

सरकारले बनायो प्रधानमन्त्री ओलीकै अध्यक्षतामा सुशासन आयोग 

आयोगको सदस्यमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, कानुनमन्त्री अजयकुमार चौरसिया, लोकसेवा आयोगका प्रतिनिधि, नीति आयोग, योजना आयोगका प्रतिनिधि र एक...
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

भट्टराईले राजीनामा दिनुको कारण भने खुलिसकेको छैन । यद्यपी पछिल्लो समय चर्कदै गएको शिक्षक आन्दोलनका कारण घेराबन्दीमा परेकी थिइन् । 
भारतका विद्युतमन्त्री नेपाल आउँदै, यस्तो भ्रमण तालिका

भारतका विद्युतमन्त्री नेपाल आउँदै, यस्तो भ्रमण तालिका

गत माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए। उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयका प्रवक्ता सन्दीपकुमार...