नेभिगेशन
सबै कुरा

मृतक नेपालीको शव तत्काल नल्याइने : परराष्ट्र मन्त्रालय

 काठमाडाैँ : हमासले गरेको आक्रमणमा परी मृत्यु भएका नेपालीको सव बिहिबार जाने नेपाल एअरलाइन्सले नल्याउने भएको छ  । 

बुधबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बिहिबार बिहान २ः ३० बजे जाने नेपाल एअरलाइन्सको जहाजले मृत्यु भएका नेपाली विद्यार्थीको शव तत्काल ल्याउन सम्भव नभएकाले नल्याउने बताएकी हुन् । 

Dish Home
Global Ime Bank

उनका अनुसार युद्धरत इजरायलबाट नेपाली विद्यार्थीको शव ल्याउन अन्य धेरै प्रोटोकल पूरा गर्नुपर्ने र उक्त  प्रोटोकल तत्काल पूरा गर्न नसकिने भएकाले उनीहरुको शव नेपाल ल्याउन नसकिने भएको हो । 

'यसपटक शव आउँदैन । यसको प्रोटोकल हुन्छ । इजरायल सरकारले शवको हस्तान्तरण गरेपछि ल्याउने कुरा हुन्छ । ढिलो गर्ने होइन तुरुन्तै ल्याउने हो,' प्रवक्ता लम्सालले भनिन्, 'इजरायल युद्धको अवस्थामा र आपत्कालीन अवस्थामा भएको कारणले पोस्टमार्टमलगायत प्रोटोकलहरुलाई मेन्टेन गर्न जोड दिने कुरा हुनसकेको छैन । हामीले अनुरोध गरेका छौं । दबाब दिने अवस्थामा छैनौं ।'

शव ल्याउने विधि पुर्याउन समय लाग्ने भएकाले पहिला उद्धार कार्यलाई प्राथमिकता दिएको उनले बताएकी छिन् । साथै पीडित परिवारले उक्त बाध्यकारी अवस्था बुझिदिन समेत उनले आग्रह गरेकी छिन् । 

शनिबार बिहानदेखि प्यालेस्टाइनी आतंकवादी समूह हमासले इजरायमाथि गरेको आक्रमणमा परि १० नेपाली विद्यार्थीको मृत्यु भएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation