नेभिगेशन
सबै कुरा

काठमाडौँ प्रहरीले एकै दिन पक्राउ गर्याे ७१ जना फरार प्रतिवादी

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले एकै दिन ७१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अदालतबाट फैसला कार्यन्वयनका लागि भएको पत्राचारअनुसार उनीहरूलाई पक्राउ गरिएको परिसरले जनाएको छ । 

बिहीबार हिजो एकै दिन ६ दर्जन अर्थात ७१ जना प्रतिवादी पक्राउ गरिएको परिसरका एसपी एवम् प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । एसपी अधिकारीकाअनुसार फरार प्रतिवादी पक्रिने निरन्तरको अभियान अन्तर्गत सफलता हात पारिएको हो।

Dish Home
Global Ime Bank

चालु आर्थिक वर्षको साउन देखि यता मात्रै त्यस्ता एक हजार २ सय ९८ जना प्रतिवादीलाई पक्रिएर अदालतमा पेश गरिएको छ । उनीहरूमथि ४४ करोड ९५ लाख रुपैयाँ बढी जरिवाना असुल गर्न बाँकी छ । पक्राउ परेका सबै प्रतिवादीबाट कुल १२०  वर्ष २० दिन कैद भुक्तानी हुन बाँकी छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation