नेभिगेशन
सबै कुरा

मङ्कीपक्स सङ्क्रमित युवकको स्वास्थ्य सुधारोन्मुख

काठमाडौंँ । ११ पुसः मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख  छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा। युवानिधि बसौलाले जानकारी दिए । 

उनले निजको अवस्था सामान्य रहेको बताए । मङ्कीपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरुप गरिएको जानकारी निर्देशक बसौलाले दिए ।  

साउदी अरवबाट आएका ती युवकमा यही पुस ५ गते मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि भएको हो । सोही दिनदेखि निजको उक्त अस्पतालमा उपचार जारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation