नेभिगेशन
सबै कुरा

उपचारका लागि भारत हिडेकी दैलेखकी लक्ष्मी शाही ३ दिनदेखि सम्पर्क बिहिन

काठमाडौँ । दैलेखबाट उपचारका लागि भारत हिडेकी लक्ष्मी शाही सम्पर्क बिहिन भएकी छिन् । पुस ७ गते उपचारका लागि रुपेडिया नाका हुँदै बेंग्लोर तर्फ लागेकी ४९ वर्षीया शाही त्यसपछि सम्पर्कमा नआएका उनका छोरा गोविन्द शाही ठकुरले बताएका छन् । 

दैलेख भगवतीमाई गाउँपालिका २ की शाहीका भारत पुगेपछि कुनै सम्पर्क नभएका छोरा गोविन्दले बताए । 

परिवारले खोजीकार्यका लागि सबै निकायमा निवेदन गरेपनि उनका अवस्था बारे जानकारी नआएको बताएका छन् । शाहीको खोजी कार्यकालागि भारतमा भएका नेपालीहरुलाई उनको परिवारले आग्रह गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation