नेभिगेशन
सबै कुरा

बढ्यो सुनचाँदीको मूल्य

काठमाडाैँ । नेपाली बजारमा सूनचाँदीको मूल्य बढेको छ । अघिल्लो साता लगातार घटेको सूनको मूल्य आइतबार बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो। 

Dish Home
Global Ime Bank

शुक्रबार एक लाख ४८ हजार पाँचसय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य आज एक लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार एक हजार सात सय ६० रुपैयाँ रहेको चाँदीको मूल्यमा ३० रुपैयाँले बढेर आइतबार एक हजार सात सय ९० रुपैयाँमा उक्लिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation